काठमाडौं— नवनियुक्त चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहबीच चार मन्त्रीले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । उनीहरूलाई अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

यो अन्तरिम सरकार प्रमुख कार्कीको चौथो मन्त्रिपरिषद् विस्तार हो । मन्त्रीमा सिफारिस भएका यी व्यक्तिहरुको कार्यकाल पुग–नपुग ३ महिनाको मात्र रहनेछ । अब कार्की मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

सूची :
cabinet