काठमाडौं— सशस्त्र प्रहरी बलको पोसाक लगाई टिकटक र अन्य सामाजिक सञ्जालका रिल्स बनाउने २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

पोसाक प्रयोग गरेर मनोरञ्जनात्मक भिडियो बनाउनु आचारसंहिताविपरीत भएकाले उनीहरूलाई अनुशासनिक कारबाही गरिएको प्रवक्ता मनिष थापाले जानकारी दिए ।

कारबाहीमा परेकालाई नसिहत, चेतावनी, बढुवा रोक्का, सचेत गराएको, ध्यानाकर्षण तथा मौखिक निर्देशनजस्ता कदमहरू लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा प्रहरीले गर्ने गतिविधि निगरानी गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। यही शाखाले गरेको स्क्रीनिङपछि ती कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।