काठमाडौं— काठमाडौं महानगरपालिकाले रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा बिहीबार डोजर चलाएको छ।
महानगर प्रहरी बलले टाउनप्लानिङ क्षेत्रभित्र अवस्थित दुई वटा कवाडी संकलन केन्द्र हटाएको हो। बस्तीको बीचमा यी केन्द्र रहँदा जोखिम हुने भन्दै महानगरले यस्तो कदम चालिएको जनाएको छ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै कवाडी संकलन केन्द्र हटाउने अभियान अघि बढाइरहेको छ। कवाडी व्यवसायीहरूले यस अभियानको विरोध गर्दै आएका छन्। यसअघि पनि महानगरले विभिन्न स्थानमा रहेको कवाडी संकलन केन्द्रमा डोजर चलाउने काम गरिसकेको छ।






































