काठमाडौं— नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ः३० बजेदेखि बस्दैछ ।

बिहिबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ । मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।

आज १४ वटै समितिका संयोजकहरुले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।