काठमाडौं— गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पटक–पटक बोलाए पनि उपस्थित नभएपछि पक्राउ गरेर उपस्थित गराउने तयारी थालेको जनाएको छ।

आयोगको म्याद सकिन दुई साता मात्रै बाँकी रहेका बेला शीर्ष राजनीतिक तथा सुरक्षा निकायका अधिकारीहरूको बयान प्रक्रिया अधुरै रहेको छ। आयोगका अनुसार ओलीले आयोगलाई असंवैधानिक भन्दै बयान दिन अस्वीकार गरेपछि, प्रहरीलाई परिचालन गरी उनीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरी प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतले बताएको छ।

उता, अन्य अधिकारीहरूको बयान संकलनको काम तीव्र रूपमा अघि बढाइएको छ। बाँकी बयान लिएपछि आयोगले छानबिन प्रतिवेदन तयार पार्ने प्रक्रमलाई अन्तिम रूप दिने जनाएको छ।