काठमाडौं— नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध मंगलबार सुर्खेतमा ‘जेनजी’ले प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बस्नेत मंगलबारै बिहान सुर्खेत आइपुगेका छन्  ।

वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा यस दिन कार्यक्रम तय गरिएको संगठनले जनाएको छ । 

बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।