काठमाडौ‌— कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले आइतबार डा। शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका लागि थप सक्रिय हुन आग्रह गरेका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा नेताहरूले उनको हालको क्रियाशीलताको बारेमा जिज्ञासा राख्दै महाधिवेशन पुसभित्रै गर्न पहल बढाउन अनुरोध गरेका हुन्।

कोइरालाले आफू नियमित महाधिवेशन तथा आवश्यक परे केन्द्रीय समितिबाट विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा रहेको बताए। भेटमा सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, डा। मिनेन्द्र रिजाललगायत सहभागी थिए। देउवा पक्षका २७ सदस्यले यसअघि पनि शीर्ष नेताहरूलाई भेट्दै निर्वाचनअघि महाधिवेशन गर्न दबाब दिँदै आएका छन्।