परासी— नवलपरासी (पश्चिम) जिल्लाको दाउन्ने क्षेत्रमा स्काभेटर बिग्रिएपछि सोमबार बिहानदेखि यातायात अवरुद्ध भएको छ। सडक मर्मतका क्रममा प्रयोग भइरहेको स्काभेटर अचानक सडकको बीचमा रोकिएपछि दुबै तर्फका सवारी आवागमन ठप्प भएका छन्।

सडक साँघुरो भएकाले बिग्रिएको स्काभेटर हटाउन थप मेसिन र मेकानिक बोलाउनुपरेको प्रहरीले जनाएको छ। लामो दूरीका बस, मालवाहक ट्रक तथा स्थानीय सवारी सो क्षेत्रमै थुनिएका छन्।

प्रहरीका अनुसार स्काभेटर मर्मतको काम भइरहेको छ र सडक पूर्ण रूपमा खुल्न केही समय लाग्न सक्छ। यात्रुहरू घण्टौँ बाटोमै रोकिएर सास्ती बेहोर्दै बसेका छन्।

स्थानीयले दाउन्ने क्षेत्रमा बारम्बार यस्तो अवरोध आउने भएकाले स्थायी समाधान आवश्यक रहेको बताएका छन्।