काठमाडौं— चितवनमा बोलेरो दुर्घटना हुँदा नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ ।

गएराति सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा.१८च८९७३ नम्बरको बोलेरो कालिका नगरपालिका– ११ मा दुर्घटना हुँदा खैरहनी नगरपालिका– ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार न्यौपाने आफैँले चलाएको बोलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको थियो ।