काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।
शुक्रबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बैठक बस्ने तय भएको हो ।
बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको सम्बन्धमा सरोकारवाला निकाय एवं विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
साथै, आजको बैठकमा संविधान सभाका सदस्य खिमलाल देवकोटा, पूर्व मुख्य सचिव शंकरदास बैरागी, अध्यागमन विभाग महानिर्देशक रामचन्द्र तिवारी र प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई आमन्त्रित पनि गरिएको छ ।






































