काठमाडौं— नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले बिहीबार दज्र्यानी चिन्ह (फुली) लगाएका छन्।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आइजीपी कार्कीलाई फुली लगाइदिएका हुन्। फुली लगाएकोसँगै कार्की औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्न पुगेका छन्।
सरकारले हालै कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। उनले यसअघि पनि नेपाल प्रहरीमा विभिन्न जिम्मेवारी वहन गर्दै अनुभवसहितको सेवा पुर्याउँदै आएका छन्।






































