भक्तपुर— भक्तपुरमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२, दूधपाटीका ४२ वर्षीय अनिल कोजुसहितका व्यक्तिहरू छन् ।

सोही स्थानमा अनिलले सञ्चालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गएराति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ४७ हजार ६७५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।