डोटी— डोटीमा हाइस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अछामबाट धनगढीका लागि छुटेको सुपप्र०१००१ ख ३९५६ नम्बरको हाइस बिहान भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ गोल्डेनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज रावलका अनुसार ज्यान गुमाउनेमा अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियार रहेकी छन् । घाइते हुनेमा केही बालबालिका छन् । घाइते सबैलाई उपचारको लागि अत्तरिया पठाएको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।