काठमाडौं— राजस्व संकलनलाई सहज बनाउन शनिबार असोज २५ गते पनि आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालनमा रहने भएको छ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै, शनिबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म राजस्व संकलन प्रयोजनका लागि यो प्रणाली खुला रहने जानकारी दिएको हो।
शनिबार बन्द रहने आरटीजीएस प्रणाली विशेष आवश्यकता अनुसार सीमित समयका लागि सञ्चालनमा ल्याइएको हो। राजस्व तिर्नुपर्ने निकाय तथा सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।






































