सर्लाही— सर्लाहीको मनुसमारा नदीमा डुबेर एक युवकको ज्यान गएको छ। बलरा नगरपालिका–१०, सुदामाका २८ वर्षीय हरि शङ्कर चौधरी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
चौधरीको शव मनुसमारा नदीमा डुबेको अवस्थामा भेटिएपछि प्रहरीले उद्दार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।
मृतक चौधरी कुन अवस्थामा नदीमा पुगेका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































