काठमाडौं— सरकारले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।
मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको गृह स्रोतले बताएको छ ।