काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन् ।
विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पु¥याउनुपर्ने बताए ।
उनले भने, ‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ । हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पु¥याउन सक्छौ । विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय अनुसार स्मार्ट हुलाकको जुन कुरा गरेका छौ यसलाई सार्थक बनाउन सक्छौ ।’
यस्तै, उनले हुलाकको आवश्यकता र सार्थकता नमरेको भन्दै यसलाई समय अनुकुल अगाडि बढाउन नेपाल सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको बताए ।
उनले भने, ‘हुलाकको आवश्यकता र सार्थकता मरेको छैन् । यसलाई समय अनुकुल बनाउदैँ जानुपर्छ भन्ने कुरामा जसरी काम गर्नु भएको छ त्यसमा सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको छ ।’
साथै, उनले नीतिगत, संरचनागत विषयमा गर्नुपर्ने कामहरु र अन्य कार्यान्वयनको पाटोमा के के काम कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा सरकार सबैजनासँग बसेर सहकार्य गर्न तयार रहेको बताए ।
इतिहास बोकेको पुरानो र गर्भिलो इतिहास बोकेको संस्थामा आएर यो दिवस मनाउन पाउदा र चार वटा हुलाक टिकटमा टाँचा लगाई राख्दा एकदमै खुसी लागेको पनि उनको भनाई छ ।