डोटी— जिल्लाको शिखर नगरपालिका–२ मा घाँस काट्न गएकी महिलाको अरिएक अरिङ्गालले टोकर मृत्यु भएको छ । मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । दुई साताअघि घाँस काट्न गएकी उनलाई अरिङ्गालले टाउको, घाँटी र हातमा टोकेपछि गम्भीर घाइते भएकी थिइन्।
सुस्त मानसिक अवस्था भएकी पार्कीको चोटबारे परिवारलाई ढिला थाहा भएको बताइएको छ। असोज १८ गते मात्र आमा मुनुली विकले छोरीको अवस्था गम्भीर देखेपछि उनलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकल लगेकी थिइन्। तर, रक्तअभावका कारण सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो।
पार्कीको शरीरमा अत्यधिक रगतको कमी हुनुका साथै मिर्गौलामा समस्या देखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुजित मण्डलले जानकारी दिए । उनको अवस्था जटिल हुँदै गएपछि उनलाई असोज २१ गते सेती प्रादेशिक अस्पताल धनगढीमा रेफर गरिए पनि उपचारकै क्रममा पार्कीको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको छ। उनका श्रीमान् र दुई वर्षका छोरा रहेका छन्।