वीरगन्ज— वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

बुधबार जेनजी अभियानकर्मीहरूसँगको भेलामा परागले असोज ६ गते नै पार्टी परित्याग गरेको जानकारी सार्वजनिक गर्दै भने, “त्यो कुरा मिडियामा आएको थिएन, आज औपचारिक रूपमा घोषणा गरेको हुँ।”

परागले नेकपा एमालेले सुशासन र परिवर्तनप्रतिको जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै आफू अब स्वतन्त्र हैसियतमा जेनजी पुस्तासँग रहने बताए।

यता, एमाले पर्सा अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको लिखित राजीनामा प्राप्त नभएको भन्दै प्रतिक्रिया दिएका छन्।