दोलखा । लगातारको वर्षाका कारण दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेस्थित एक बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।

तीन दिनदेखि परेको अविरल वर्षापछि झुलेको पातले र सिमबारी क्षेत्रका ६ घर पहिरोको जोखिममा परेका हुन् । उक्त बस्तीका ६ परिवारका ४६ जना पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ । 

प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए । स्थानीयवासीहरू अहिले राति सुत्दा समेत भयभीत हुने अवस्था आएको बताउँछन् ।