काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले जानकारी दिए।
ती यसप्रकार छन:
१. विस्तारित बैठकको एजेण्डा तथा व्यवस्थाबारे ।
२. विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे।
३. सद्भाव यात्राको कार्यसूचीबारे।
४. विविध।