IMG-20241014-WA0000(4) 5

मेष - मन भावुक र उत्ताउलो बन्न सक्ने समय हो। अनावश्यक खर्च बढ्ने सम्भावना छ। हठीपनाले कार्यमा बाधा आउने डर रहन्छ। सरकारी निकायसँग सावधानी अपनाउनु हितकर हुनेछ।


वृष - शुभकार्यको चर्चा हुनेछ। आँट र परिश्रमले महत्वपूर्ण कार्य सफल बन्नेछ। आदर्श व्यक्तिको सहयोगले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा प्रगति हासिल हुनेछ।


मिथुन - आँटेका कामहरू सम्पन्न हुनेछन्। आकस्मिक धनलाभको सम्भावना छ। महिला वर्गको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ।


कर्कट - नयाँनौलो समाचार सुन्न पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। गरेका कामबाट सकारात्मक लाभ हुनेछ। प्रेम जीवनमा सहयोग र प्रोत्साहन प्राप्त हुनेछ।


सिंह - निर्णय कार्यान्वयनमा कठिनाई आउन सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत रहनु जरुरी छ। आत्मबल र उत्साहमा कमी महसुस हुनेछ।


कन्या - एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ। आफन्तजन र बन्धु-बान्धवको सहयोग पाइनेछ। राजनैतिक कार्यमा सफलता सम्भव छ। स्वादिष्ट भोजनको अवसर पनि प्राप्त हुनेछ।


तुला - सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्नेछ। धार्मिक र सामाजिक कार्यमा चासो बढ्नेछ। आफ्नो प्रभावले अधुरा काम पूरा गर्न सकिनेछ।


वृश्चिक - नयाँ कार्ययोजना बन्नेछ। नजिकका मित्रहरूसँग भेटघाट हुनेछ। पारिवारिक सहयोग प्राप्त हुने छ। छोटो यात्राको सम्भावना पनि छ।


धनु - लाभ–हानि, आय–व्यय र सुख–दुःख सन्तुलित रहने समय हो। धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक सम्मान र पदप्रतिष्ठा प्राप्त हुने सम्भावना छ।


मकर - पारिवारिक सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। विपरीत लिङ्गबाट विशेष सहयोग मिल्नेछ। आत्मबल र हिम्मतमा वृद्धि हुनेछ।


कुम्भ - नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुनुपर्ने परिस्थिति आउन सक्छ। आफन्तको प्रगतिमा खुशी मिल्नेछ। नयाँ कार्यको अवसर पनि जुर्नेछ।


मीन - रोकिएका कार्य पुनः सुरु हुने सम्भावना छ। जोशजाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक क्षेत्रमा सम्बन्धित कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा चासो र सक्रियता बढ्नेछ।