IMG-20241014-WA0000(2) 6

मेष - दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष - दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने छ।

मिथुन -  दिन राम्रो छ। बोलीका कारण काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट - दिन सामान्य छ। खर्च बढ्नेछ। आफूले गरेका काममा पश्चाताप हुनेछ। शत्रु बढ्ने दिन छ। परिवारमा विश्वास गुम्न सक्छ। थोरै बेलेर अघि बढ्नु उपयुक्त हुन्छ।

सिंह -  दिन राम्रो छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ। योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ।

कन्या - तपाईंका लागि आजको दिन सामान्य छ। परिवारमा कामको बोझ थपिनेछ। अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ।

तुला - दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। साथीभाइसँग भेट हुनेछ। मान प्रतिष्ठा बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक - दिन राम्रो छ। डुब्न लागेको धन उठ्ने दिन रहेको छ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु - दिन राम्रो छ। सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ। रमाइलो घुमघामको योजना बन्ने योग छ। मनमा नयाँ अनुभव प्राप्त हुनेछन्।

मकर - दिन सामान्य छ। तपार्इंले गरेको कामको जस अरुले लिनेछन्। राजनीतिमा वितृष्णा बढ्नेछ। परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।

कुम्भ - दिन सामान्य छ। अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ। अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। नयाँ मान्छेसँग कारोबार नगर्नु राम्रो हुन्छ।

मीन - दिन सामान्य छ। मानसिक तनाव बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ।