रूपन्देही— बुटवलबाट गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ। गाडीमा १४ जना यात्रु सवार रहेका थिए।
दुर्घटनामा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खसेको थियो ।