बाजुरा— जिल्ला प्रहरी कार्यालय बाजुराले नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावली लगायतका चाडपर्व सभ्य र सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गरेको छ ।
प्रहरी कार्यालय बाजुराले एक सूचनामार्फत सम्पूर्ण बाजुराबासी आम नागरिकहलाई चाडपर्वको शुभकामना सन्देश दिदै कुनै तडकभडक नगरि सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गरेको हो ।
चाडपर्व अवधिभर जिल्लामा कुनै अपराधिक घटना घट्न सक्ने हुँदा बेलैमा सचेत भई विशेष सुरक्षा सतर्कता अपनाएर चाडपर्व मनाउन प्रहरी कार्यालय बाजुराले आग्रह गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक ईकबाल हवारीले चाडपर्वमा कुनैपनि अपराधिक कार्य नगर्न तथा नगराउन अनुरोध गरेका छन् ।
उनले चाडपर्व मनाउने बहानामा मादक पदार्थ सेवन, सार्वजनिक स्थलमा अनावश्यक हो–हल्ला, जुवातास, सट्टाबाजी, कौडा, पासा नखेल्ने, सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम गर्दा छिमेकीलाई असर नपर्नेगरी सभ्य र मर्यादित तरिकाले मनाउन, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोकेमा वा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेका छन् ।
त्यस्तै उनले रातीको १० बजेपछि अनावश्यक हिँडडुल नगर्न, सामाजिक विघटन तथा गैर कानूनी गतिविधि नगर्न पनि सुझाव दिएका छन् । अनावश्यक पटका, अतिसबाजी जस्ता पदार्थको प्रयोग नगर्नुका साथै कुनै पनि समाजिक अपराधका कार्य नगर्न आग्रह गरेका हुन् ।
जिल्लाबासीलाई कुनै पनि अपराधिक कार्य नगर्न अनुरोध गर्दै कोही कसैले गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्न पनि आग्रह गरेको छ ।सभ्य र मर्यादित समाज नै प्रहरीको चाहना भएकोले सोही अनुसार दशै तिहार मनाउन आग्रह गरेको हो ।