काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य डा. प्रभात अधिकारीले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामाको पुष्टि पार्टी सचिवालयका सदस्य दीपक बोहराले गरेका छन्। बोहरा भन्छन्, “प्रभातजीले आज राजीनामा दिनुभयो, तर उहाँले राजीनामाको कारण भने खुलाउनु भएन।”
पछिल्लो समय रास्वपाभित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको पाइएको छ। यसअघि पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पनि यस्तै असन्तुष्टिको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएकी थिइन्।