काठमाडौं— साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदैछ । 

श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । 

नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।

नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए ।

भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ । नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन ।