काठमाडौं— काठमाडौं महानगरपालिकाले दसैंको समयमा तीन दिन फोहोरमैला संकलन सेवा स्थगित रहने जानकारी दिएको छ।
महानगरले सार्वजनिक सूचना जारी गर्दै असोज १४, १५ र १६ गते (विजया दशमीको मुख्य दिनहरू) फोहोर संकलन नहुने जनाएको हो।
यस अवधिमा फोहोर व्यवस्थापनमा खटिने कर्मचारीहरू समेत चाडपर्वका लागि घर जाने व्यवस्था गरिएको र अन्तिम फोहोर विसर्जन स्थल (ल्यान्डफिल साइट) समेत बन्द रहने भएकाले सेवा स्थगन गरिएको स्पष्ट गरिएको छ।
महानगरले सो समयमा घरबाट निस्कने फोहोर स्रोतमै छुट्याई सुरक्षित तरिकाले व्यवस्थापन गर्न सबै नागरिकलाई आग्रह गरेको छ।