झापा— सुरुङ्गा नगरपालिका–२, हर्दियास्थित एक पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतका अनुसार बालिकाहरू नुहाउने क्रममा पोखरीमा डुबेका थिए। घटना थाहा पाउनेबित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि स्थानीयवासीको सहयोगमा शव पोखरीबाट निकालिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।