दैलेख— जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित मुख्य कार्यालय र सुर्खेत कार्यालयको संयुक्त टोलीले कार्कीलाई बिहीबार बिरेन्द्रनगर नगरपालिका–९ स्थित मंगलगढी चोकबाट पक्राउ गरेको हो।

कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपश्चात् अन्तिम किस्ताको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागेका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सोही क्रममा उनी रकम लिँदालिँदै पक्राउ परेका आयोगको भनाइ छ ।

पक्राउ परेपछि कार्कीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ।