महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१२ का १३ वर्षीय गौतम पासवान चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट साइकल चढेर विद्यालय गएका बालक अहिलेसम्म नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीसमक्ष निवेदन दिएका छन्।

गौतम जनता माध्यमिक विद्यालय, डाँडाटोलमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबार बिहान विद्यालय जान घरबाट निस्किएका थिए। त्यसपछि कुनै सम्पर्क नभएको उनका काका प्रमोद पासवानले जानकारी दिए।

बेपत्ता भएपछि परिवारले हात्तीलेट प्रहरी चौकीमा निवेदन दिएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश बमले बालकको खोजीमा सक्रिय रहेको बताएका छन्।