काठमाडौं— पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद् विनोद चौधरीले उखु किसानलाई दिइँदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन् ।
सांसद् चौधरीले बुधबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उखु किसानको अधिकार र उचित मूल्य सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका हुन् । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान प्रति क्विन्टल ७० रुपैयाँलाई आधाले कटौती गरेपछि उखु किसान सरकार विरुद्ध आन्दोलित छन् ।
उखु किसानको बाहुल्य रहेको पश्चिम नवलपरासीबाट निर्वाचित सांसद चौधरीले सरकारको उक्त कदमको विरोध गर्दै आफुलाई उखु किसानको पक्षमा दृढतापुर्वक उभ्याएका छन् । सांसद चौधरीले सरकारले दिदै आएको अनुदान कुनैपनि बहानामा कटौती गर्न नपाइने भन्दै संसदमा बुलन्द आवाज उठाएका हुन् ।