काठमाडौं— गत चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै जानकारी रहेको बताएका छन् । थुनाबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,’ उनले भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको दाबी गरे ।