भारत— भारतको कश्मीरमा रहेको चोशोती गाउँमा बिहीवार आएको आरीघोप्टे वर्षामा परी हताहत भएकामध्ये १२ जनाको शव बरामद गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, किश्तवर जिल्लामा मचैल माताको मन्दिरसम्मको यात्रा गरिरहेका भक्तजन आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) मा परेका थिए ।
हताहत हुने मानिसको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
मचैल माताको मन्दिरसम्म पुग्नका लागि चोशोती गाडी पुग्ने अन्तिम गाउँ हो ।
आजको घटनापछि वार्षिक तीर्थयात्रा बन्द गरिएको छ । अधिकारीहरूले राहत तथा उद्धारका लागि सबै स्रोतहरू परिचालन गरिरहेका छन् ।