कञ्चनपुर — कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।


गत असार महिनामा कृष्णपुर नगरपालिका निवासी कमला दमाइको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भएपछि प्रशासनले कडा कदम चालेको थियो। सो घटनापछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ हटाउन निर्देशन दिएको थियो।


त्यसअनुसार विभिन्न पालिकाले अभियान चलाउँदै हालसम्म ३९ छाउगोठ हटाइसकेको स्थानीय प्रशासनले जानकारी दिएको छ।