झापा— करेन्ट लागेर झापाको शिवसताक्षीमा एकजना गंभीर घाइते भएका छन् । घाइते हुनेमा बिर्तामोड ९ बस्ने ४८ वर्षीय होमनाथ सुबेदी रहेका छन् ।
उनका दाई शिबसताक्षी– ८ बिहानी टोल बस्ने हरि सुबेदीको घरमा करेन्ट लागेको हो । उनी मानसिक रोगका बिरामी हुन् । आज बिहान १०ः३५ बजे होमनाथ आफ्ना दाई हरिको घरमा गएका थिए । उनी दाईको टिनको छानो भएको २ तले घरको धुरीमाथि चढेर हातमा काठको लाठी लिई अभद्र शब्द प्रयोग गरी टिनमा लाठीले हान्दा बिजुलीको तारलाई छुन गई करेन्ट लागेको थियो ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको छ । उनको अबस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।