उदयपुर— उदयपुरमा १६ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ साकेला टोलका २२ वर्षीय सागर परियार रहेका छन्।

साउन २२ गते दिउँसो करिब २ बजेतिर पीडित बालिकामाथि दुरुपयोग भएको आरोपमा परियारलाई खोजतलास गर्दा साउन २५ गते घरमैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका परियारलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।