काठमाडौं— हिमालयन जाभाका संस्थापक तथा युवा उद्यमी गगन प्रधानलाई पितृशोक परेको छ । ८१ वर्षको उमेरमा गगनका पिता गौरी प्रधानको निधन भएको हो । शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ट्राभल र व्यापारमा लामो समय सक्रिय गौरी प्रधानको उपचारकै क्रममा निधन भएको थियो । २००१ सालमा जन्मिएका प्रधानका एक छोरा र दुई छोरी रहेका छन् । पर्यटन क्षेत्रमा लामो योगदान रहेका स्वर्गीय गौरीको पारिवारिक पृष्ठभूमि पनि व्यवसाय नै रहेको थियो ।

बुबाको कपडा उद्योग र व्यापारको लगावका कारण गौरी पनि व्यापार व्यवसायमा सक्रिय थिए । गौरीका बुबाले थालेको व्यवसाय उनी र उनका भाइहरुले निरन्तरता दिएका थिए ।