कञ्चनपुर— कञ्चनपुरमा २ वालिका महाकाली नदीमा वेपत्ता भएका छन् । महाकालीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । आइतबार दिउँसो महाकाली किनारमा ४ बालबालिका मध्य नुहाउने क्रममा २ बेपत्ता भएका हुन् ।

बेपत्ता हुँनेमा भीमदत्त नरपालिका ११ का अन्दाजी ७ वर्षीय जिबिका पन्त र ६ वर्षीय सानवि पन्त रहेका जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

अहिले नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरी र स्थानियहरुको टिमले उनिहरुको खोजी गरीरहेको छ ।