रुपन्देही— जनताको सेवा भावनासहित सक्रिय रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्व गृहमन्त्री रबि लामिछानेले रुपन्देही कारागारमा रहेका कैदीबन्दीका लागि २१ थान पंखा उपलब्ध गराएका छन्।

२५० कैदी क्षमता भएको रुपन्देही कारागारमा हाल करिब ६०० कैदीबन्दी रहेका छन्। अत्यधिक गर्मी (४० डिग्री सेल्सियस हाराहारी) को बीचमा पंखाको अभावमा बसेका कैदीहरूले लामो समयदेखि कारागार प्रशासनसँग सहयोगको माग गर्दै आएका थिए। कैदीहरुले आफुहरुले माग गरेपनि प्रशासनले सो बारे बेवास्ता गरेको उनीहरूको गुनासो छ।

पूर्व गृहमन्त्री समेत भएका लामिछाने कारागार निरीक्षणका क्रममा कैदीबन्दीहरूले पंखाको माग गर्दै गर्मीका कारण भइरहेको समस्याबारे गुनासो पोखेका थिए। त्यसपछि लामिछानेले आफन्त तथा चिनेजानेका सहयोगीहरूमार्फत २१ थान पंखा संकलन गरी कारागार प्रशासनलाई हस्तान्तरण गरेका हुन्।

रबि लामिछाने स्वयम् कारागारको अवस्थाबाट प्रभावित भइ तत्काल सहयोग जुटाउने निर्णय गरेका रास्वपाले जनाएको छ।

लामिछाने कारागारको छुट्टै कोठामा बसे पनि उनले अन्य कैदीबन्दीको अमानवीय अवस्थाप्रति संवेदनशीलता देखाएका रास्वपाको भनाइ छ ।

स्थानीय सामाजिक अभियन्ताहरूले पनि लामिछानेको यो पहललाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।