ललितपुर— ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ। किशोरी बुधबार दिउँसो केटाको घर गएकी जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
उनका घर भएकी किशोरी अचानक बेहोस भएकी थिइन्। तत्कालै उनलाई उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक किशोरी र घरधनी युवकबीच प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ। दुवै जना १८ वर्षकै रहेका छन्।
मृत्युको कारणबारे यकिन जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान अघि बढाइएको छ। मृतक किशोरीको शव पोस्टमार्टमको लागि पठाइएको र युवकलाई सातदोबाटो प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।