काठमाडौं— साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार  ३० अंकले बढेको नेप्से यसदिन ४७.९२ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको छ।

नेप्से घटेसँगे कारोबार रकम पनि मंगलबारको तुलनामा  घटेको छ।  यसदिन ३२७ स्क्रिप्सको ३ करोड ६४ लाख  १७ हजार ७४२ कित्ता सेयर १६ अर्ब ४४ करोड १३ लाख  ५४  हजार ४०८ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार १८ अर्ब ५२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। 

आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सान्भी इनर्जी र ट्रेड टावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर ६.७४ प्रतिशतले बढ्दा सिकल्स हाइड्रोपावरको ५.१६ प्रतिशत र भूगोल इनर्जी डेभलपमेन्टको सेयर ३.८२ प्रतिशतले बढ्यो।  ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले भने गुमाए। सो बैंकको सेयर ८.०४ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योर‍ेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले १ अर्ब ३२ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

कारोबारमा आएकामध्ये २३ वटा स्क्रिप्सको मूल्य बढ्दा २२६ वटाको घट्यो। अदर्श समूहको परिसूचकबाहेक अन्य समूहको परिसूक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ३.२७ प्रतिशतले घट्यो।