गुल्मी — गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईमा आगलागीमा परेर एक युवतीको ज्यान गएको छ।
स्थानीय वडाध्यक्ष केशवराज भण्डारीका अनुसार, २५ वर्षीया जुना विकको आगलागीमा परी मृत्यु भएको हो। मानसिक रूपमा कमजोर थिइन् जुना विक, र आइतबार बिहान करिब ५ बजे उनले आफैले घरमा आगो लगाएको प्रारम्भिक जानकारी रहेको भण्डारीले बताए।
आगो लागेपछि स्थानीयबासी र सुरक्षाकर्मीले आगो बस्तीमा फैलिन नदिई नियन्त्रणमा लिएका थिए।
प्रहरीले घटनास्थलको मुजुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाउने तयारी गरिरहेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन्। आगलागीबाट करिब तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।