काठमाडौं— आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
यस संस्थाले अधिकृत,कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थीमा कर्मचारी माग गरेको हो।
संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
यसका लागि ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन २१ गतेभित्र आवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।