काठमाडौं— चर्चित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई सोमबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले अग्रवाललाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएका छन्।

‘अनुसन्धानका लागि हामीले अग्रवाललाई पक्राउ गरेका हौँ,’ एसएसपी अधिकारीले बताए। प्रहरीले अग्रवाललाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ।

हाल प्रहरीले अग्रवालसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।