काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् ।
टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिइन् ।