धनुषा— जिल्लाको मिथिला बिहारी नगरपालिका–६ सिर्सिया बस्ने २८ वर्षीया रंजितादेवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।