सुनसरी— सुनसरीको इनरुवा नगरपालिका–७ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

साउन ३ गते राति साढे १० बजे को।३४ प ५१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका ३५ वर्षीय पारस यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक यादवसहित पछाडि सवार ३५ वर्षीय रवि सरदार घाइते भएका थिए। घाइते दुबैजनालाई उपचारका लागि इनरुवा अस्पताल लैजाँदै गर्दा यादवको बाटोमै मृत्यु भएको हो। सरदारको उपचार जारी रहेको जनाइएको छ।

घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।