काभ्रेपलाञ्चोक— मनसुनजन्य बाढी र पहिरोको जोखिम बढेपछि काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि नेपालथोकसम्मको विपी राजमार्ग खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलले दिएको जानकारी अनुसार बिहीबार (आज) देखि एक महिनासम्म प्रत्येक राति ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।
प्रशासनका अनुसार बारम्बार बाढीपहिरोले सडक अवरुद्ध बनाउने क्रम जारी रहेकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको हो।
पूर्वी नेपाल जोड्ने प्रमुख छोटो दूरीको मार्ग मानिने यो खण्डमा दैनिक हजारौं सवारी साधनको आवागमन हुने गर्दछ। राजमार्गको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ।