दैलेख— जिल्लाको आठबीस नगरपालिका–३ स्थित जास्कीमा बँदेलको आक्रमणमा परेर ६ जना घाइते भएका छन्। मकै खान खेतमा पसेको बँदेललाई धपाउने क्रममा बँदेलले आक्रमण गर्दा स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
घाइतेहरूमा आठबीस नगरपालिका–२ का २३ वर्षीय डबल बडुबाल, २९ वर्षीय टेकबहादुर शाही, २२ वर्षीय विकास कार्की, आठबीस–३ का ४५ वर्षीय रामबहादुर बडुवाल, निरज कार्की र कमल कार्की रहेका छन्।
उनीहरूको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।